काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा विवाहको उमेर घटाउनुपर्ने पक्षमा छलफल भएको छ ।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको छलफलमा भाग लिने क्रममा उनले यसबारे जानकारी गराएका हुन् ।
गहमन्त्री रमेश लेखकसमेत सहभागी रहेको सो बैठकमा उनले विवाहको उमेर घटाउन सकिने बताए । गृहमन्त्री लेखकले बालबालिकासम्बन्धी ऐन संशोधन गर्ने विषयमा पनि छलफल भइरहेको बताए । गृहमन्त्री लेखकले मन्त्रिपरिषद्मा बालबालिकासम्बन्धी ऐन संशोधनको विषय छलफलकै क्रममा रहेको र विवाहको उमेर घटाउने कि रोमियो जुलिएट कानुन प्रयोग गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।
एउटा विवाहको उमेर घटाउने, यसलाई १८ मा लैजाउँ भन्ने छ । अर्को चाहीँ रोमियो जुलिएट ल इन्टरड्युस गर्ने हो कि त भन्ने पनि छ । धेरै ठाउँमा त्यो कानुनलाई एप्लाइ गरिएको छ,’– उनले भने ।
विवाहको उमेर घटाउने वा रोमियो जुलिएट अवधारणालाई नेपालको कानुनमा समावेश गर्ने दुईमध्ये एक गर्नैपर्ने उनको धारणा छ ।














