बानेश्वरमा संसद् बैठक अवरुद्ध, सत्तारुढ दलका नेता बालुवाटारमा



काठमाडौं । सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु भएको छ।

समसामयिक राजनीतिक विषयमा छलफलमका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो।

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरू सहभागी छन्।

बानेश्वरमा संसद बैठक राखेर सत्तारुढ दलहरू भने प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन् । प्रतिपक्षी दलको अवरोधका कारण सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन्।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्ती गरेपछि यसको चर्को विरोधमा प्रतिपक्षी लागेका हुन्। आजको संसद बैठकमा प्रतिपक्षीले कुलमानको बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ मागेका थिए।

प्रकाशित मिति : चैत्र १३, २०८१ बुधबार  १ : ०४ बजे