काठमाडौँ । विपक्षी दलको विरोधका कारण राष्ट्रियसभा बैठक पनि अवरुद्ध भएको छ ।
कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्ती गरेकोविरुद्धमा विपक्षी दलका सांसदहरूले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेका छन्।
बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरे । त्यसपछि सभाध्यक्ष नारायण दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी सार्कीलाई बोल्न समय दिए ।
उनले अन्धकारमा बसेका नेपालीलाई उज्यालो दिने कुशल कर्मचारी कुलमान घिसिङलाई स्वार्थका आधारमा हटाइएको भन्दै आपत्ति जनाए कारको क्रियाकलापले परिवर्तनलाई पछि फर्काउने शक्तिलाई बल पुगेको उनले बताए ।
उनले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै सरकारको जवाफ नआएसम्म बैठक चल्न नसक्ने बताए । सांसदहरूले उठेर विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।














