सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पूग्यो ?



काठमाडौँ । स्थानिय बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकड बनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो । जुन दिनको तुलनामा आइतबार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार चाँदीको मूल्य  १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार  १० : ५९ बजे