काठमाडौँ । प्रतिनिधिसभामा भइरहेको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
संसदको अबरोध खुलाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका ह्रून् ।
विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रश्न उठाउँदै आएका छन् । यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने उनीहरूको माग छ ।
प्रधानमन्त्री ओलीले सोमबार संसदलाई सम्बोधन गर्ने सूचना दिएका छन् । तर, विपक्षी दलहरू प्रधानमन्त्रीको जवाफ नसुनेसम्म सदन नखोल्ने अडानमा छन ।














