आइतबार सेयर बजार ३२ अंकले बढेर २६९५.५५ विन्दुमा



काठमाडौं । आइतबार सेयर बजार ३२ अंकले बढेको छ । बजार परिसूचक ३२.२४ अंक बढेको हो । योसँगै बजार मापक २६९५.५५ विन्दुमा उक्लिएको छ ।

यस दिन सात अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

बैंकिङ ०.८२, विकास बैंक ०.८२, फाइनान्स २.०१, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर १.५४, लगानी २.१८, जीवन बीमा ०.८५, उत्पादन तथा प्रशोधन ०.५८, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.७८, अन्य २.०८ प्रतिशत बढ् । व्यापार सेक्टर भने ०.२६ प्रतिशत घट्यो ।

यस दिन २२२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार  ४ : ३० बजे