काठमाडौँ । काठमाडौँ महानगरपालिकामा पुन: सरोज गुरागाईं प्रमुख प्रशासकीय अधिकृतका लागि उपस्थित हुन लागेपछि उनलाई छेक्न नगरप्रहरी परिचालन भएको छ।
केही जनप्रतिनिधि कर्मचारीहरू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ महानगरमा आउनुपर्ने माग गर्दै कमलादीस्थित महानगर पालिकाको कार्यालयमा जम्मा भएका छन् । उनीहरू गुरागाईंको स्वागतमा पर्खेर बसेका हुन् ।
महानगरका मेयर बालेन्द्र साह (बालेन)ले पुस ७ गतेदेखि उनलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्न दिएका छैनन्।
काठमाडौं टावर निर्माण गर्ने नक्सा पासको विवाद बढ्दै गएपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई काठमाडौं महानगरपालिकाले कार्यालय छिर्न रोक लगाएको थियो।














