काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यालय प्रवेश गरेका छन् ।
केही जनप्रतिनिधिसहित कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई महानगर प्रहरीको सुरक्षा घेरा तोडेर उनलाई कार्यालय प्रवेश गराएका हुन् ।
उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् ।
काठमाडौं टावर निर्माण गर्ने नक्सा पासको विवाद बढ्दै गएपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई काठमाडौं महानगरपालिकाले कार्यालय छिर्न रोक लगाएको थियो।
गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।









