काठमाडौं, २४ चैत । माओवादी केन्द्रका अध्यक्ष प्रचन्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षमा मनोनित गरेका छन् ।
पछिल्लो चाररपाँच महिनादेखि पार्टीको बैठकहरुमा अनौपचारिक रुपमा सहभागी हुने गरेका पासाङलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्ततः उपाध्यक्ष बनाएका हुन् ।
पार्टीले पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र पार्टी उपाध्यक्षको जिम्मेवारी दिएको हो ।
उपराष्ट्रपतिको कार्यकाल सकिएपछि लामो समयदेखि पासाङ राजनीतिक रुपमा निष्कृय नै थिए ।









