काठमाडौँ– राप्रपाले बल्खुमा आयोजना गरेको विरोध सभामा घुसपैठ भएको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बल्खुमा प्रदर्शनमा सहभागी राप्रपाका कार्यकर्ताले उनीहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन्।
उनले प्रदर्शन स्थलमा अवाञ्छित गतिविधि गरेको आरोप छ। प्रदर्शनकारीले उनीहरूमाथि अनुसन्धान गर्न माग गरेका छन्।
सभास्थलमा होहल्ला गर्न खोजेपछि केही व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीको दाबि छ ।









