काठमाडौँ । लामो समयपछि काठमाडौं उपत्यकाका केही स्थानमा वर्षा भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा वर्षा भएको हो।
काठमाडौँका, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोटलगायतका स्थानमा पानी परेको छ। उपत्यकाकै थुप्रै स्थानमा भने वर्षा हुन सकेको छैन।
वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ।
झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका जिल्लाका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।














