शिक्षक महासंघ र सरकारबीच ५ बजे छलफल



काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारका प्रतिनिधिबिच सहमतिको आधार तयार गर्न आज प्रारम्भिक छलफल हुने भएको हो ।

यसअघि पटक-पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन ।

‘अहिलेसम्म साँझ ५ बजेको समय भनिएको छ । शिक्षकहरू आउनु भएन वा केही कारणले सर्‍यो भने भन्न सकिन्न,’ मन्त्रालयका एक अधिकारिले भने ।

प्रकाशित मिति : चैत्र २८, २०८१ बिहीबार  २ : ४९ बजे