काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।
सचिव आचार्यले पदीय आचरणअनुसार व्यवहार नगरेको भन्दै राज्यमन्त्री तामाङले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने ‘तुच्छ अभिव्यक्ति’ दिएकोले स्पष्टीकरण सोध्नु परेको राज्यमन्त्री तामाङको भनाइ छ ।
यही २५ चैतमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा (मन्त्री अनुपस्थित हुँदा) राज्यमन्त्री प्रमुख अतिथिको भूमिकामा रहेको बेला आसनग्रहणका लागि मन्चमा बोलाउँदा समेत नआएको तामाङले सोधेको स्पष्टीकरणमा उल्लेख छ ।
‘तपाईंले के कस्को प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अपहेलाना गर्ने उद्देश्यले कार्यक्रम बहिस्कार गर्नुभएको हो रु साथै देहायको विषयमा समेत २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुनु जानकारी गराइन्छ,’ राज्यमन्त्री तामाङले सोधेको स्पष्टीकरणमा भनिएको छ ।









