काठमाडौं ।काठमाडौंको तीनकुनेमा उत्पात मच्चाएर भागेका दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी अघि बढाइएको छ ।
उनको नेतृत्वमा भएको अराजक प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएको थियो भने कैयौँ घाइते भएका थिए ।
काठमाडौँ तीनकुने घटनापछि फरार रहेका प्रसाईंलाई बिहीबार राति प्रहरीले भारतबाट पक्राउ गरेको थियो ।









