सुनको मूल्यमा उच्च वृद्धिसहित नयाँ रेकर्ड, तोलामा कति पूग्यो ?



काठमाडौँ । स्थानिय बजारमा सुनको मूल्य फेरि बढेको छ ।

आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेर कारोबार भइरहेको हो ।

चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : चैत्र ३१, २०८१ आईतबार  १० : ४३ बजे