काठमाडौं । सेयर बजार परिसूचक २७.१४ अंक अंकले बढेको छ । यससँगै बजार मापक २,६८९.२२ विन्दुमा पुगेको छ ।
यस दिन आठ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
विकास बैंक र लगानी सेक्टरमा आज आकर्षण देखिएको छ । लगानी २.७१ र विकास बैंक २.४६ प्रतिशत बढे । बैंकिङ ०.४८, फाइनान्स १.५९, होटल तथा पर्यटन १.९९, हाइड्रोपावर १.४७, जीवन बीमा ०.८१, उत्पादन १.२२, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा १.०७ तथा अन्य ०.६१ प्रतिशत बढे ।आज व्यापार सेक्टर घट्यो । सो सेक्टर ०.६४ प्रतिशत घटेको छ ।
यस दिन २१२ कम्पनीको सेयरमूल्य बढेको छ भने ३४ कम्पनीको सेयरमूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।










