सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ ।

आज एकैदिन सुनको मूल्य २७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको हो ।

आज चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ३, २०८२ बुधबार  १० : ५९ बजे