सेयर बजार २६.४९ अंकले बढेर २७२२ विन्दुमा



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार (नेप्स परिसूचक) २६.४९ अंकले बढेर २,७२२.७३ को विन्दुमा पूगेको छ ।

यस दिन १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बैंकिङ १.१४, विकास बैंक १.३५, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३९, हाइड्रोपावर १.१३, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.९६, अन्य ०.३७ प्रतिशत बढे ।नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।

आज १८७ कम्पनीको सेयरमूल्य बढ्दा ५९ कम्पनीको घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ४, २०८२ बिहीबार  ३ : ५५ बजे