राप्रपाको प्रदर्शन : काठमाडौँमा सुरक्षा व्यवस्था कडा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताले आज (वैशाख ७) गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै संख्या बढाइएको प्रहरीले जनाएको छ ।

प्रशासनले तोकेको काठमाडौंका निषेधित क्षेत्रमा प्रहरीको संख्या बढाइएको हो ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै उपत्यका प्रहरी कार्यालयले प्रतिकारात्मक सुरक्षा योजना बनाएर लागु गरेको छ । जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको उपत्यका प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरू भद्रकाली, बबरमहल र बालुवाटारमा जम्मा हुन लागेका छन् ।

प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार  ११ : १० बजे