नवराज सुवेदीको ‘नजरबन्द’ हट्यो



काठमाडौँ । सरकारले नवराज सुवेदीलाई नजरबन्दबाट मुक्त गरेको छ।

चैत १५ गते राजसंस्था पुनःस्थापनाका लागि भएको आन्दोलनपछि गौरीघाटस्थित आफ्नै निवासमा नजरबन्दमा राखिएका सुवेदीलाई मंगलबारदेखि सरकारले रिहा गरेको हो।

‘गत चैत्र १५ गतेबाट चौबीसै घण्टा म प्रहरीको निगरानीमा थिएँ’, उनले भनेका छन्, ‘आजको दिनबाट निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको छु ।’ यसबीच मलाई सद्भाव, सहानुभूति राख्ने सबैप्रति आभार व्यक्त गर्दछु ।’

उनले विज्ञप्ति जारी गर्दै आफू आन्दोलनको नियमति काममा फर्किएको जनाएका छ।

प्रकाशित मिति : बैशाख ९, २०८२ मंगलबार  ४ : २४ बजे