सभामुख-प्रमूख सचेतक बैठक : शनिबार र सार्वजनिक बिदा बाहेकका दिन संसद चल्ने



काठमाडौँ । शनिबार र सार्वजनिक बिदा बाहेकका दिन संसद चल्ने भएको छ।

सभामुख देवराज घिमिरेले पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् ।

बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ।सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ।

“संसदलाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ,” उनले भने।

प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार  १ : ४५ बजे