काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले वैशाख १७ गते एकता घोषणा गर्ने तयारी गरेका छन् ।
जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले आगामी १७ वैशाखमा एकता घोषणा गर्नेगरी तयारी अघि बढाइएको जानकारी गराएको छ ।
नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदै छ,” सचिवालयले भनेको छ।
जनमत र नाउपाबीच नेतृत्व, पार्टीको नीति र चुनाव चिह्न पनि टुंगो लागिसकेको दुवै पार्टीले बताएका छन्।









