तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौँ । स्थानिय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो ।

आज छापावाला सून १ लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । अघिल्लो दिन तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार  ११ : १२ बजे