कमल थापाले आयोजना गरेको सभामा राजेन्द्र लिङ्देन सहभागी



काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको विरोधसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छन् ।

उनीसहित महामन्त्री कुन्ती शाही पनि कार्यक्रममा सहभागी हुन पुगेकी छिन् ।

गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शन हिसांत्मक बनेसँगै पक्राउ परेका राजावादी नेताहरूको रिहाइका साथै गणतन्त्रको विरोधमा राप्रपा नेपालले कार्यक्रमका आयोजना गरेको हो।

राप्रपा नेपालले सोमबार राजधानीको शान्तिबाटिकामा विरोध सभाको आयोजना गरेको हो ।

प्रकाशित मिति : बैशाख १५, २०८२ सोमबार  ४ : ०७ बजे