शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउन प्रयास गरे : ठाकुर गैरे



काठमाडौं । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले शिक्षक आन्दोलनले प्रतिपक्षीहरुले सरकार ढाल्ने अस्त्र बनाउने असफल प्रयास गरेको टिप्पणी गरेका छन् ।

उनले प्रतिपक्षी दलहरुले यस्ता प्रकारका असफल प्रयास बन्द गर्नुपर्ने बताएका हुन् ।

नेता गैरेले भने , प्रतिपक्षीले शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउन छाडेपछि मात्रै हिजो संसद्मा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न सकिने उनले बताए । ‘त्यसो भयो भनेमात्रै प्रतिपक्षका माननीयज्यूहरुले सामुहिक रुपमा पेश गरेको सार्वजनिक महत्वको प्रस्तावको छलफलको पनि औचित्य हुनेछ । होइन भने बहस छलफल एउटा गर्ने, सडकमा गएर अर्को कुरा गर्ने बानी रहन्छ तबसम्म नेपालको शिक्षा क्षेत्र हामीले सोचेजस्तो हुँदैन,’–

नेता गैरेले पेशागत आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास गर्नु गलत रहेको बताए ।

प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार  २ : ३२ बजे