भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित



काठमाडौं । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकबाट भन्सार विधेयक पारित भएको छ ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयक सभाले पारित गरेको छ ।

प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक २०८० असोज १८ गते तत्कालीन अर्थमन्त्री डा।प्रकाश शरण महतले प्रतिनिधिसभामा दर्ता गराएका थिए ।

प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार  ३ : २७ बजे