सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेकी सांसद राईलाई अदालतले यसअघि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी राई गत शनिबार साँझ बुढानीलकण्ठ–१० कपनबाट पक्राउ परेकी थिइन् ।

प्रकाशित मिति : बैशाख १९, २०८२ शुक्रबार  ४ : ३३ बजे