प्रचण्डले बोलाए पदाधिकारी बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् ।

आज दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा पदाधिकारी बैठक बस्न लागेको हो ।

बैठकमा हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा र निकट भविष्यमै हुने अभियानको बारेमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : बैशाख २१, २०८२ आईतबार  १२ : १६ बजे