काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले विपक्षीमाथिको ‘राजनीतिक प्रतिशोध’ नरोकिए चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले भने, हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरुमा पार्टीको तर्फबाट ध्यानकर्षण भएको र हाम्रो सरोकार रहेको कुरा पनि राख्न चाहन्छौं । हाम्रो पार्टी सभापतिप्रति भयो, हालसालै रेशम चौधरीप्रति भयो, माधवकुमार नेपालज्युको पनि बयान लिइँदैछ भन्ने सुन्दैछौं,’ ।,’अब के सिके राउतप्रति आक्रमण हुन्छ कि रु त्यसैलाई यसलाई हामी एउटा राजनीतिक प्रतिशोधको क्रमको रुपमा हेरिराखेका छौं । गम्तिापूर्वक लिइराखेका छौं । र सधैं चुप लागेर बस्न सकिने अवस्था नरहन पनि सक्छ भन्न चाहन्छौं ।’
उनले जानकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिइएको भन्दै आपत्ति समेत जनाए ।









