यस्तो देखियो आकाशबाट पशुपतिनाथ मन्दिर (तस्बिरहरु)



काठमाडौं । पवित्र बाग्मती नदी किनारमा अवस्थित पशुपतिनाथ मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि एक प्रमुख तीर्थस्थल हो।

पशुपतिनाथ मन्दिर आकाशबाट हेर्दा झन् भव्य देखिन्छ।

सुनौलो गजुर, हरियाली परिवेश र ऐतिहासिक संरचनाले यो स्थललाई अझ मनमोहक बनाउँछ।शिवभक्तहरूको आराधना गर्ने यो मन्दिर परिसर आकाशबाट हेर्दा धार्मिक आस्था र सांस्कृतिक गौरवको प्रतीकझैं देखिन्छ। पुरातात्त्विक सम्पदा, सौन्दर्य र शान्त वातावरणले पर्यटक र भक्तजनलाई समान रूपमा मोहित पार्छ।

प्रकाशित मिति : बैशाख ३०, २०८२ मंगलबार  १० : २५ बजे