काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको पक्राउविरुद्ध सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा परेको छ ।
निवेदन माथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
बुधबार सर्वोच्च अदालतले निवेदनको सुनुवाइको लागि न्यायाधीश सुनिल पोखरेलको इजलास तोकेको हो ।
चैत १५ मा नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिको आह्वानमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाट भएपछि त्यसैदिन मिश्र पक्राउ परेका थिए ।









