काठमाडौं । यसपटकको वसन्तु ऋतुको सगरमाथा आरोहण सुरु भएसँगै बुधबार तीन दर्जनभन्दा बढी आरोहीले विश्वको सर्वोच्च शिखर चुम्न सफल भएका छन्।
पर्यटन विभाग अनुसार बुधबार आरोही र सहयोगी गरी ४० भन्दा धेरै आरोही सगरमाथाको शिखरमा पुगेका हुन्।
बुधबार शिखरमा पाइला टेकेका अधिकांश युक्रेन, जापान र चीनको टोली थिए। उनीहरूलाई नेपाली शेर्पा सहयोगीले सगरमाथा शिखरसम्म साथ दिएका थिए।
यसपटकको वसन्त ऋतुका लागि २७ हिमालमा १ हजार १ सय ४० जनाले आरोहण अनुमति लिएका छन् । सगरमाथामा मात्र ४ सय ५८ जनाले आरोहण अनुमति लिएको विभागले जानकारी दियो।










