बानेश्वरमा जिपको ठक्करबाट ३ वर्षका बालकको मृत्यु



काठमाडौँ । काठमाडौँको नयाँबानेश्वरस्थित कात्यायनी चोकमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

३ वर्षीय शिवांश झाको उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार शुक्रवार कात्यायनीबाट भीमसेनगोलातर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको इसुजु गाडीले बालकलाई ठक्कर दिएको थियो। उनलाई उपचारका लागि केएमसी अस्पताल लगिएको र त्यही मृत्यु भएको हो।

जिप चालक काठमाडौँ–३१ घर भएका रमेश कुमार श्रेष्ठ पक्राउ परेका छन्।

प्रकाशित मिति : जेष्ठ २, २०८२ शुक्रबार  १२ : ४२ बजे