तोलामा ५ हजार रुपैयाँले बढ्यो सूनको मूल्य



काठमाडौँ । स्थानिय बजारमा सुनको मूल्य बढेको छ ।

बुधबार सूनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको हो ।

आज छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको सूनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : जेष्ठ ७, २०८२ बुधबार  १० : ५३ बजे