काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेसँगै पाँच सय र एक हजारका नोट छाप्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
बुधबार बालुवाटार पुगेर पदभार ग्रहण गरेका गभर्नर पौडेलले पाँच सय र एक हजारका नोट छाप्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
उनले पहिलो निर्णयकै रूपमा नयाँ नोट छपाइको प्रक्रिया अघि बढाउनुले मुद्रास्फीतिको व्यवस्थापन, नक्कली नोटको नियन्त्रण तथा मुद्रा व्यवस्थापन सुदृढ बनाउने संकेत दिएका छन् ।
उनले भने, “मौद्रिक नीति सरकारको वित्त नीति कार्यान्वयनको सहायक होइन, यो आफ्नो ठाउँमा स्वतन्त्र नीति हो । यद्यपि वित्तीय नीति कार्यान्वयनमा यदि कुनै बाधा देखिन्छ भने आवश्यक समन्वय गर्दै मौद्रिक नीतिमा परिमार्जन गरिनेछ ।”