तोलामा १४०० रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँ बढेको हो ।

आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ११, २०८२ आईतबार  १० : ५५ बजे