काठमाडौं । सरकारले बिहीबार दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान ९बजेट० पेस गर्ने भएको छ ।
बिहीबार दिउँसो साढे १ बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष ०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा अवरोध जारि राखे पनि प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले बजेट पेश गर्नका लागि सकारात्मक भएकोले प्रतिनिधि सभामै बजेट पेस हुने भएको हो ।
संघीय संसद् सचिवालयले बजेट पेस गर्न भोलि दिउँसो १ः४५ बजे संघीय संसद्को संयुक्त बैठक आह्वान गरेको छ ।
आगामी आर्थिक वर्षमा अर्थमन्त्री पौडेलले २० खर्ब रुपैयाँ हाराहारीमा बजेट ल्याउने अनुमान गरिएको छ ।आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रमा प्रस्थान विन्दु निर्धारण गरेर दोस्रो चरणको आर्थिक सुधारका योजना ल्याउने अनुमान गरिएको छ ।
स्रोतको चापमा परेका बेला सरकारलाई ठूलो आकारको बजेट ल्याउन सकस परेको छ ।










