काठमाडौं । स्थानिय बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा दुई हजार ९०० रुपैयाँले बढेको हो ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढेको छ । महासंघले चाँदीको मूल्य तोलाको दुई हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।














