काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) २५.०७ अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९४ प्रतिशत बढेर २६७८.१७ विन्दुमा पूगेको हो ।
यसदिन १० अर्ब १६ करोड नौ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.९३, विकास बैंक ०.७१, होटल तथा पर्यटन १.२८, हाइड्रोपावर ०.४६, लगानी ०.६८, जीवन बीमा १.०८, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.२६, अन्य १.५१ तथा व्यापार १.०७ प्रतिशत बढे ।दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी र श्री इन्भेस्टमेन्ट फाइनान्स छन् । त्यस्तै समृद्धि फाइनान्सको ८.३८, जानाकी फाइनान्सको ६.९१, रिलायन्स फाइनान्सको ६.६७ प्रतिशत बढ्यो ।
आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको सेयर मूल्य घटेको छ ।














