इटहरी । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले इटहरीमा टाटाको योद्धा १.५ टी भव्य कार्यक्रमसहित लञ्च गरेको छ।
सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष राम स्वरूप शर्मा प्रमुख अतिथि रहेको कार्यक्रममा टाटाको योद्धा १.५ टी लञ्च गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका उपाध्यक्ष शर्माले टाटाका गाडीहरू नेपालको भौगोलिक अवस्थाका लागि अत्यन्तै उपयुक्त भएको बताए । उनले भने, “टाटा टिकाउ, किफायती र भरपर्दो सवारी हो। साथै बिक्रीपछिको सेवा पनि उत्कृष्ट रहेको छ।”
तेस्तै कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्गका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले टाटाको योद्धा सिर्जनशील प्रविधि, भरपर्दो गाडी र सशक्त सेवा सञ्जालको संयोजन भएको बताए । हाम्रो उद्देश्य केवल गाडी बिक्रीमा सीमित छैन, हामी ग्राहकहरूसँगको विश्वास र दीर्घकालीन सम्बन्ध निर्माणमा केन्द्रित छौं। टाटा योद्धा १.५ टी जस्तो टिकाउ, शक्तिशाली र किफायती सवारी साधनले नेपाली व्यवसायीहरूलाई दैनिक सञ्चालनमा विश्वास र लाभ दुवै दिनेछ भन्ने हाम्रो दृढ विश्वास छ”,उनले भने, “सिप्रदीले देशैभर फैलिएको आफ्नो सेवा तथा पार्ट्स नेटवर्कमार्फत ग्राहकहरूलाई सहज सेवा उपलब्ध गराउँदै आएको छ। हामी हाम्रा प्रत्येक ग्राहकको व्यवसायिक यात्रा सफल बनोस् भन्ने उद्देश्यले साथ दिन सधैं तयार छौं। आजको यो लञ्च कार्यक्रममार्फत हामी फेरि एकपटक प्रतिबद्ध हुँदैछौं,सिप्रदी ग्राहकको भरोसायोग्य सहयात्री मात्र होइन, व्यवसायको प्रगतिको साझेदार हो।”
कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका सचिव अशोक जैन, सुनसरी कुखुरा व्यवसायी संघका अध्यक्ष मनोज कुँवर, प्रशोधित पानी उत्पादक संघका अध्यक्ष जितेन्द्र दाहाल, वितरक संघ इटहरीका अध्यक्ष राजेश खनाल,मदिरा विक्रेता संघ इटहरीका अध्यक्ष राजेन्द्र राई लगायतका विशेष अतिथि र अन्य अतिथिहरुको सहभागिता थियो
टाटा योद्धा १.५ टीका प्रमुख विशेषताहरू
– २५०Nm टर्क सहितको शक्तिशाली 3L(2956cc) डीजल इन्जिन –
– १५०० किलोग्राम ( १.५ टन) सम्मको भार वहन क्षमता
– ३०५ ग्रेडिएबिलिटी – अप्ठ्यारा बाटाहरू सहज पार गर्न सक्षम
– मजबुत बनावट, उच्च ग्राउन्ड क्लियरेन्स र आरामदायी ड्राइभिङ्ग अनुभव














