तोलामा चार हजार २०० ले बढ्यो सूनको मूल्य



काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ ।

बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार १०० कायम भएको छ । यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।

यसैगरी आज चाँदी पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको रु दुई हजार १६५ मा कारोबार भइरहेको छ।

प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार  १२ : १३ बजे