बिहिबार २४.७६ अंकले घट्यो सेयर बजार, ११ अर्ब २३ करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) २४.७६ अंकले घटेको छ । आज नेप्से परिसूचक २,६२८.९१ विन्दुमा पूगेको हो ।

यस दिन ११ अर्ब २३ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बैंकिङ ०.५०, विकास बैंक १.१२, फाइनान्स ०.९३, होटल तथा पर्यटन ०.९६, हाइड्रोपावर १.३४, लगानी ०.७३, जीवन बीमा ०.४१, उत्पादन १.०१, माइक्रोफाइनान्स १.०६, निर्जीवन बीमा ०.३४ तथा अन्य समूह १.१२ प्रतिशत घटे ।पन्चकन्या माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मध्यभोटेकोशी जलविद्युत् कम्पनीको ५.५५, शिवश्री हाइड्रोको ४.०४, पाँचथर पावरको ३.५९ र आँखुखोला जलविद्युत् कम्पनीको ३.२३ प्रतिशत बढ्यो ।

आज ४७ कम्पनीको सेयरमूल्य बढेको छ भने २०१ कम्पनीको सेयरमूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : असार ५, २०८२ बिहीबार  ४ : ०४ बजे