काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव“यामाहा ब्लू फेस्ट”आज लगनखेल बसपार्कमा एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ।
कार्यक्रमको औपचारिक उद्घाटन वाडाका अध्यक्ष श्रीनारायणलाल अवाले र एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ श्री दीपककुमार अग्रवालले गरेका थिए।
असार १२ गतेदेखि १७ गते सम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइनेछ।
असार १२ गतेदेखि १७ गतेसम्म चल्ने रोमाञ्चक कार्यक्रममा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ। यामाहा ब्लू फेस्टमा निम्न विशेष अफरहरू समावेश छन् ।
· जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने।
· यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु. ५०,००० को मूल्यांकन।
· अन्य ब्रान्डमा न्यूनतम रु. २५,००० को मूल्यांकन ‘कर चुक्ता अनिवार्य’।
· एक्सचेन्जमा अतिरिक्त रु. १०,००० बोनस।
· रु. ६,००० सम्मको नगद छुट।
· फ्रीएक्सेसरिजहरू।
· निःशुल्कआर्थिक वर्ष०८२/८३को सडक करभुक्तान।
· ७.९९प्रतिशत ब्याजदरमावित्तपोषण, ग्यारेन्टरआवश्यकनपर्ने सुविधा।
चाहे दैनिक यात्रा गर्ने यात्रु होस्, रेसिङ प्रेमी होस् वा एडभेन्चर खोज्ने साहसी राइडर, यामाहा नेपालले हरेक प्रकारका यात्रुहरूका लागि बनाइएका विविधता युक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको छ। एआरएआई प्रमाणित ७१/३३ किलो मीटर प्रतिलिटरको माइलेज रहेको नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रेजेड १२५ एफआई हाइब्रिड देखि स्टाइलिश र स्पोर्टी लुकसहितको यमाहा आर१५ भी४ सम्म,यामाहाले आफ्नो स्तर सधै उच्च राखेको छ ।
सडकमा दमदार उपस्थिति चाहनेहरूले एम–१५भी२ र एफजेड भी ३ सिरिज रोज्न सक्छन् भने स्पोर्टी डिजाइनसहितको पर्फर्मेन्स स्कुटरको रूपमा एरोक्स १५५ ले आफ्नो फरक पहिचान बनाएको छ । अफ-रोडका लागि डब्लुआर१५५आर जस्ता भरपर्दा बाइकहरू पनि उपलब्ध छन् । यामाहाका यी सम्पूर्ण सवारी साधनहरूमा प्रयोग गरिएको उच्चस्तरीय जापानी प्रविधिले सुरक्षित, कुशल र रोमांन्चक राइडिंग अनुभव प्रदान गर्दछ ।
एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा भरपर्दो र प्रतिष्ठित दुईपांग्रे ब्रान्डमध्ये एक हो जो आफ्नो अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र ग्राहक सन्तुष्टि प्रतिको प्रतिबद्धताका लागि परिचित छ । यामाहाले निरन्तर रूपमा उत्कृष्ट प्रविधि र सेवाको सीमा फैलाउँदै देशभर नै उत्कृष्ट राइडिंग एक्सपिरियन्स प्रदान गरिरहेको छ।