काठमाडौँ ।स्थानिय बजारमा बिहीबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँ घटेको छ ।
आज छापावाल सुन घटेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सूनको मूल्य तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस दिन चाँदीको मूल्य प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।














