सूनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार  ११ : २७ बजे