काठमाडौं । बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले भोल्भो आइसर कमर्सियल भेहिकलद्वारा मलेसियामा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५मा प्रतिष्ठित दक्षिण एसिया सर्वश्रेष्ठ वितरकको पुरस्कार प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय व्यापारको लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्र हरू मध्ये एक दक्षिणएसियाको उत्कृष्ट वितरकको रूपमा सम्मानित हुनु एउटा ऐतिहासिक उपलब्धि भएको कम्पनिले जनाएको छ ।
नेपालमा भोल्भो आइसरले कमर्सियल भेहिकलको बिक्री, वितरण र बिक्रीपछिको सेवा प्रदान गरिरहेको छ।
भोल्भो आइसर कमर्सियल भेहिकलले नेपालमा सफलता पूर्वक बलियो उपस्थिति स्थापित गरेको छ।














