तुइन खोलामा फेरि झन ठुलो पहिरो, नारायणघाट-मुग्लिन सडक अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न



काठमाडौं । नारायणघाट-मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि ठूलो पहिरो खस्दा दुईतर्फ नै सडक अवरुद्ध भएको छ। मंगलबार अपराह्न ठूलो पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका(५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुक्खा पहिरो निरन्तर खसिरहेकोले दुईतर्फ सडक अवरुद्ध भएको छ।

पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम हुँदा सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

निरन्तर खसेको सुक्खा पहिरो पन्छाएर राजमार्ग खुलाइए पनि मंगलबार अपरान्ह फेरि सुक्खा पहिरो खसेको हो।

सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएका कारण दसैँ मनाउन घर हिँडेका हजारौँ यात्री मर्कामा परेका छन् ।

प्रकाशित मिति : आश्विन ७, २०८२ मंगलबार  ६ : ५१ बजे