पर्सा, बारा, रौतहट र सर्लाहीमा अत्याधिक वर्षाः मनोहरा र वागमतीले सतर्कता तह पार गरे



काठमाडौं । मधेस प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीमा अत्याधिक वर्षा भइरहेको र अति उच्च जोखिम रहेको सरकारले जनाएको छ ।

अति उच्च जोखिममा तराईका मधेस प्रदेशस्थित पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी रहेका हुन् ।

त्यस्तै वागमती प्रदेशका मकवानपुर, सिन्धुली, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ र रसुवामा अत्याधिक वर्षा भइरहेको र यि जिल्लालाई पनि अति उच्च जोखिममा वर्गीकरण गरिएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले बताए ।

उनकाअनुसार सरकारले हालको अवस्थालाई मध्यनजर गरी तीन वटा चरणमा वर्गीकरण गरेको छ ।

महाशाखाका अनुसार, हाल मनोहरा र वागमती नदीले शतर्कता तह पार गरेका छन् ।

काभ्रेको रोशी खोला, काठमाडौंको मनोहरा र वाग्मती नदी तथा मकवानपुरको लालबकैया नदीको जलसतह सतर्कता तहभन्दा माथि र बढ्दो क्रममा छ ।

यसैगरी, वाग्मती प्रदेश र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी तथा खोलाहरूको जलसतह पनि सतर्कता तह नजिक पुगिसकेको र निरन्तर बढ्दै गएको छ ।

प्रकाशित मिति : आश्विन १८, २०८२ शनिबार  ५ : ४५ बजे