त्रिभुवन विमानस्थलका आन्तरिक उडान सबै रद्द



काठमाडौं– देशभर भईरहेको भारि वर्षाले प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका सबै उडान रद्द भएका छन् ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फकासबै उडान रद्द गरिएका हुन् ।

अन्तरराष्ट्रियतर्फका उडान भने यथावत् सञ्चालन भएका छन् ।

प्रकाशित मिति : आश्विन १८, २०८२ शनिबार  ६ : ०६ बजे