वर्षा गराउने प्रणाली नेपालबाट बाहिरियो : मौसम विभाग



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मनसुन कमजोर हुँदै मौसममा सुधार आउन थालेको बताएको छ ।

विभागले आइतबार एक विज्ञप्ति जारी गर्दै वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जनाएको हो ।

“वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भइ मौसममा सुधार आइसकेको भएता पनि मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा यस विभागले मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको छ,” विभागले विज्ञप्तिमा भनेको छ ।


बङ्गालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणालीका कारण यही असोज १७ गतेदेखि आइतबार बिहानसम्म सक्रिय रहेको तथा त्यसबाट देशका विभिन्न भागमा परेको प्रभावबारे विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : आश्विन १९, २०८२ आइतबार  ५ : ३१ बजे